Planned Annual Events and Activities:
- Nepali School for Children
- Nepali New Year Celebration
- Online Radio
- Spring Daze
- Blood Donation
- Run for Fun
- Ramailo Saanjh (Lok Dohori)
- Ramailo Saanjh (Comedy Entertainment)
- Poetry Festival
- Sports
- Academic Activities for Children & Youths
- Teej Celebration
- International Festival
- Sangalo Publication
- Dashain Celebration
- Tihar (Deusi-Bhailo) Celebration
- Adopt a Highway
- Data Collection (Census)
- Fund Raise
- Networking Events
- Nepali Movie Show
Community News
Adopt A Highway - Second Cleaning Event News:
http://www.dcnepalevent.com/news/news.php?nid=90914
Adopt A Highway - First Cleaning Event News:
http://www.nepalipost.com/index/?a=read&catid=15&id=14166
http://www.dcnepalevent.com/news/news.php?nid=83800
Deusi-Bhailo Program 2012 News:
http://www.dcnepalevent.com/news/news.php?nid=80362
Ambassador Dr. Sharma Visit News:
click here to read Kantipur Online News.
click here to read DC Nepal News.
Ambassador Dr. Sharma in NC:
click here to read The News & Observer News.
Blood Drive in Cary, NC by NCNC
dcnepal.com news: http://www.dcnepalevent.com/news_nepali.php?nid=71629
A heart touching story:
Listen to the two parts of NCNC former treasurer Kisan Upadhyay's radio interview in his own words.
http://nepaliradio.org/2012/06/kisanupadhyayalife/
नर्थ क्यारोलाइनामा अनलाइन नेपाली सामुदायिक रेडियो कार्यक्रम सञ्चालन
डि सी नेपाल डट कम – मे ११, २०१२
नेपाल सेन्टर अफ् नर्थ क्यारोलाइना (एन.सी.एन.सी.) ले गत अप्रिल १४ तारिख २०१२ देखि मिर्मिरे नामक अनलाइन सामुदायिक रेडियो सञ्चालनमा ल्याएको छ । नव वर्ष २०६९ को अवसर पारेर उक्त संस्थाका अध्यक्ष शैलेन्द्र देवकोटाले एक समारोहका बीच मिर्मिरे रेडियोको उदघाटन गर्नु भएको थियो । आधा घन्टा समयावधि रहेको मिर्मिरे रेडियो कार्यक्रम हरेक हप्ता आइतवार बेलुकी ५ बजे प्रसारण हुने गर्दछ भने यसमा सूचनामूलक विषयवस्तुहरुका साथै विविध मनोरन्जनात्मक कार्यक्रमहरु प्रसारण हुने कुरा एन.सी.एन.सी. ले जनाएको छ । एन.सी.एन.सी. का बोर्ड सदस्य माधव भट्टराई संयोजक रहनुभएको उक्त अनलाइन रेडियोको सञ्चालकमा योगेन्द्र गौतम हुनुहुन्छ भने प्राविधिक सहयोगीहरुमा भरत श्रेष्ठ र शिव शर्मा रहनु भएको छ । रेडियो मार्फत् एन.सी.एन.सी. द्वारा सन्चालित नेपाली स्कूलका विद्यार्थी तथा अन्य बालबालिकाहरुका नेपालीमा लेखिएका रचनाहरुको प्रसारण गरिंदै आएको र नेपाली साहित्यिक कार्यक्रम पनि शुरु गरिन लागेको कुरा अवगत हुन आएको छ ।
यसैगरी नेपाल सेन्टर अफ् नर्थ क्यारोलाइनाले यही जुन २ तारिख "रन फर फन" कार्यक्रम प्रस्तुत गर्नुका साथै जुन ३० तारिख रक्तदान कार्यक्रममा सहभागिता जनाउने कुरा उक्त संस्थाका अध्यक्ष शैलेन्द्र देवकोटाले हामीलाई जानकारी गराउनुभएको छ ।
Click here to view the news on dcnepal.com
नर्थ क्यारोलिनाका नेपालीले मनाए नयाँ वर्ष
नर्थ क्यारोलिना - नेपाली पोष्ट प्रतिनिधि प्रकाशनको मिति ०९ अप्रेल २०१२ ०७:०० बजे | ० वटा प्रतिक्रिया
नर्थ क्यारोलिनामा रहेका नेपालीहरुको संस्था नेपाल सेन्टर अफ नर्थ कयारोलिनाको आयोजनामा अप्रिल ७ तारिख शनिबार आउँदै गरेको नेपाली नयाँ वर्षको उपलक्ष्यमा एक सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ ।
नर्थ क्यारोलिना राज्यका मोरिसभिल, रायले, दुराम, च्यापलहिल, ग्रिन्सबोरो, सारलोट लगायतका विभिन्न शहरमा छरिएर रहेका करिब ५ सय नेपालीहरुको सो कार्यक्रममा उपस्थिति रहेको नर्थ क्यारोलिनाबाट नेपाली पोष्टका लागि अनिल पौडेलद्धारा प्रेसित समाचारमा उल्लेख छ । कार्यक्रम दिउँसो पाँच बजेदेखि झण्डै रातीको १२ बजेसम्म चलेको थियो ।
कार्यक्रममा स्थानीय अमेरिकी नेपाली केटाकेटीहरुले नेपाली नृत्य तथा संगीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सोही संस्थाका सभापति शैलेन्द्र देवकोटाले संस्थाको गतिविधिहरुमा सहयोग पुर्याउने स्थानीय अमेरिकी नागरिकहरुलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रमको संचालन संस्थाका उप-सभापति मनोज प्रधानले गर्नुभएको थियो भने आगन्तुकहरुको स्वागत अर्का उप-सभापति उद्धव कार्कीले गर्नुभएको थियो ।
एटलान्टास्थित नेपालीहरुको संगठन "नासा" का सभापति संजीव सापकोटाले आफू सभापति रहेको नेपालीहरुको संगठनबारे जानकारी गराउनुभएको थियो भने कार्यक्रमको सभापतित्व नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाका सभापति शैलेन्द्र देवकोटाले गर्नुभएको थियो ।
यो संस्था सन् १९९९ मा गैर सामाजिक संस्थाका रुपमा स्थापना भएको हो । संस्थाले स्थानीय नेपालीहरुमाझ एकता, नेपालीहरुमाथि आइपरेका विभिन्न समस्याप्रति सहयोग र चासो दिने लगायत नेपाली भाषा संस्कृतिको जगेर्ना गर्नका लागि काम गर्दै आएको छ ।
Click here to view the news in Nepali Post Website
अमेरिकामा नयाँ बर्षको रौनक
(कान्तिपुर अनलाइनमा प्रकाशित समाचार)
-सञ्जय न्यौपाने
बाल्टिमोर (अमेरिका), वैशाख ७ - नेपाली नयाँ बर्षको स्वागत गर्दै अमेरिकाको विभिन्न शहरमा साँस्कृतिक कार्यक्रमको रौनक बढेको छ । राजधानी वरपर बसन्तऋतुसँगै मनोरम मौसम नेपालीको जमघटका लागि राम्रो निहुँ बनेको हो ।
यसैसाता वाल्टिमोरस्थित बाल्टिमोर एसोसिएसन अफ नेपलिज अमेरिका (बाना) ले नयाँ बर्षको स्वागतमा सांस्कृतिक साँझ आयोजना गरेको छ । झण्डै १०० किलोमिटर टाढा वासिङटन डिसीदेखि दर्शक आएका थिए ।
कार्यक्रममा बरिष्ठ लोक गायक एवं महाबाणिज्यदुत प्रेमराजा महत, गायिका सरिष्मा अमात्य, अञ्जना गुरुङ, संजिव प्रधान, यमन श्रेष्ठ, भगवान भण्डारी, कन्हैया सिंह लगायतले आफ्ना स्वरमार्फत दर्शकलाई नचाएका थिए भने यज्ञमान शाक्य, कामना कार्की, प्रतिभा गुरुङलगायतको नृत्यले दर्शकलाई तताएको थियो ।
प्रमुख अतिथि राजदुत शंकर शर्मा रहेको कार्यक्रममा बानाका उपध्यक्ष ओम तुलाचनले स्वागत गरेका थिए भने उपस्थित तथा सहयोगी सबैलाई बानाका अध्यक्ष विजय श्रेष्ठले धन्यबाद ज्ञापन गरे ।
नर्थ क्यारोलिनामा शुभकामना आदान प्रदान
नेपाल सेन्टर अफ नर्थ क्यारोलिनाले पनि नयाँ बर्ष २०६९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । क्यारीमा आयोजित कार्यक्रममा नर्थ क्यारोलिना राज्यको मोरिसभिल, र्याले, दुराम, ग्रिन्सबोरो, चारलोट लगायत शहरदेखि नेपालीहरु आएका थिए ।
संस्थाका अध्यक्ष शैलेन्द्र देवकोटाको सभापतित्वमा सञ्चालित कार्यक्रममा संस्था स्थापनाकालदेखि विभिन्न गतिविधिमा योगदान पुर्याउने अमेरिकी नागरिकहरुलाई ढाका टोपी र खादा लगाएर सम्मानसमेत गरिएको थियो ।
कार्यक्रममा साना बालबालिकादेखि विभिन्न कलाकारको गीत र नृत्यले सहभागी झण्डै ५ सय नेपालीहरुलाई भरपुर मनोरञ्जन दिलाएको स्थानीय अनिल पौडेलले बताए । नेपाली पहिरन, नेपालीहरुको पहिचान झल्काउने बिभिन्न परिकार राखिएको कार्यक्रम संस्थाका उपसभापति मनोज प्रधानले सञ्चालन गरेका थिए भने उपसभापति उद्धव कार्कीले सबैलाई स्वागत गरेका थिए ।
प्रकाशित मिति: २०६९ वैशाख ७ ०३:४१
Click here to see the news in Kantipur Online
उत्तर अमेरिकाका विभिन्न स्थानमा सरस्वती पूजा
उत्तर अमेरिका - नेपाली पोष्ट प्रतिनिधि प्रकाशनको मिति ३० जनवरी २०१२ १९:३२ बजे | ० वटा प्रतिक्रिया
जनवरी २८ तारिख श्रीपंचमीका दिन पारेर नर्थ कयारोलाइनामा रहेका नेपाली स्कुलका स-साना बालबालिकाहरुले स्थानीय हिन्दू मन्दिरमा पुगी सरस्वती माताको भक्ति आराधना गरेका छन् ।
सरस्वती बन्दनाबाट शुरु भएको सो कार्यक्रममा नेपाली शिक्षिका अनिता सुवेदीले संस्कृतिमा लेखिएको बन्दनालाई अंग्रेजीमा अर्थ लगाएर बालबालिकालाई सुनाउनुभएको थियो भने त्यसैगरी शशी भट्ट र नम्रता आचार्यले नेपाली लेख्न र पढ्न शुरु नगरेका बालबालिकाहरुलाई लेख्न पढ्न प्रोत्साहन गर्नुभएको थियो ।
अभिभावक र विद्यार्थी गरेर ४० जना भेला भएको सो पूजामा अभिभावकहरुले आफ्ना साना नानीहरुलाई कपिमा लेख्न सिकाउनुभएको थियो भने अलिअलि लेख्न जानेका भाइबैनीहरुलाई नेपालीमा लेख्न प्रोत्साहित गराउन प्रतियोगिता पनि सम्पन्न गरिएको थियो ।
प्रतियोगितामा सभाना अर्याल, अपुर्व खनाल, आरोग्य ढकाल, आभास कार्की, सुहानी ढुंगेल, आयुश्मा शर्मा, आकांक्षा भट्टर्राई, सम्पदा आचार्य, सगुन आचार्यले अंग्रेजी र नेपालीमा लेखेर ल्याएका आफ-आफ्ना रचना सुनाएका थिए ।
प्रतियोगितामा सानो समुहबाट सभाना अर्याल प्रथम र अपुर्व खनाल दोस्रो भएका थिए भने ठूलो समुहबाट आयुश्मा शर्मा प्रथम र आकांक्षा भट्टर्राई दोस्रा भएका थिए । कार्यक्रमको संयोजन विनोद ढकालले गर्नुभएको नर्थ क्यारोलोनाबाट नम्रता आचार्यद्धारा प्रेसित समाचारमा उल्लेख छ ।
Goals of NCNC:
- To preserve the cultural heritage, traditions and customs of Nepal
- To promote Nepalese arts, literature, music, dances and customs
- To promote educational, charitable, social and sport activities
- To provide networking opportunities for NCNC members and others
- To provide assistance to increase the welfare of the people of Nepal
- To provide information and moral support to Nepali immigrants, students and new comers with the integration in to the main stream of the USA
- To provide emergency support to the people in need
Purpose
Our purpose is to blend and foster friendship and cordial relations with the local community, protect Nepali culture and identity, extend helping hand to Nepal and the Nepalese around the world in any way possible. We also endeavor to disseminate information and advice to new and potential comers to North Carolina, as well as to those with a desire to learn about Nepal, Nepali culture or those that are ready to embark upon a trip to Nepal.